Historical Place Dharpani

Dharpani is located in the region of Central Region.

हाम्रो बारेमा

परिचय
पाण्डवेश्वर महादेव मन्दिर प्रदेश नं. ५ को दाङ्ग जिल्ला घोराही उप महानगरपालिका वार्ड नंं ५, संघीय राजधानी काठमाण्डौ देखि सडक मार्ग ४२४ कि.मि. र समुद्री सतहबाट ६३३ मिटर उचाईमा अवस्थित छ । सरयु नदी (बबई) को किनार चुरेको फेदीमा धार्मिक ऐतिहासिक वातावरणीय एवं पर्यटकीय हिसावले अत्यन्त सुन्दर ठाउँ पाण्डवेश्वर महादेव मन्दिर बबई नदीको दक्षिणमा सुनकोट पहाड, पूर्वमा बबई नदीको उद्गम स्थल पश्चिममा चुरे पहाडको विशाल जंगलमा अवस्थित छ । महाभारतको युद्ध पछि पाँच पाण्डव भारतको केदारेश्वर नेपालको डोलेश्वर (भक्तपुर) हुदै यो पवित्र स्थल पाण्डवेश्वर धाममा आई ज्योर्तिलिङ्ग स्थापना गरेकाले यस पूण्यभूमिको नाम पाण्डवेश्वर हुन गएको किम्वदन्ति छ । महाभारतमा एउटा द्वैत वनको सन्दर्भ पाण्डवहरुसंग जोडिएको छ जसको ब्याख्या गर्दा उत्तरतिर विशाल तलाउ चुरेको फेदीमा शिवलिङ्ग स्थापना गरेको भन्ने उल्लेख छ । विशाल तलाउ हालको दाङ्ग उपत्यका हो र स्थापना गीिएको शिवलिङ्ग अहिलेको मूल मन्दिर भित्रको शिवलिङ्ग हो भन्न सकिन्छ । तलाउको पानी निकास भएर बनेको दाङ्ग उपत्यका क्रमशः वस्ती वन योग्य हुदै गयो र दाङ्गमा चौधरी जाति पहिले बस्न थाल्यो र क्रमशः अन्य जातिको पनि बसाइ हुदै गयो । हालको गुरुवागाउँका थारु जातिका मानिसहरु दाउरा काट्न गए । दिनभर हाल मन्दिर भित्र रहेको साजको रुख उनीहरुले काट्दा पूरा काट्न नसके पछि भोलि काट्न आउँला भनी घर फर्किय अर्को दिन आउँदा सो रुख जस्ताको त्यस्तै देखिए पछि अचम्भित भए । वरपरका अरुलाई समेत बोलाई खोजीनीति गर्दा विशाल ढुङ्गामा शिवलिङ्ग, विष्णुपादुका, वाघका आँखा र कुण्ड देखिए पछि शिब स्थान सम्झी स्थानीबाट पुजा शुरु भयो ।
यो धामको उत्पतिलाई कुनै कालखण्डमा सीमित गर्न सकिदैन । यो अनादि अनन्त र वैदिक सनातन धर्मको धरोहर एवं राष्ट्रको अमूल्य निधि हो ।
यो तपोभूमिमा एउटै शिलामा रहेका शिवलिङ्ग, विष्णु पादुका, जलकुण्ड, बाघका आँखा तथा गौ पदचाप करिब ५००० वर्ष पुरानो हुनु पर्छ भन्ने जनविश्वास रहिआएको छ ।

बर्तमान अवस्था
पाण्डवेश्वर महादेव धाममा भक्तजनको ठूलो विश्वास रहेको पाईन्छ । भक्तजले जुन मनोकांक्षाले भाकल गरी यस तीर्थस्थलमा दर्शन पूजा यज्ञादि गर्छन् उनीहरुको मनोकामना पूरा भएका अनगिन्ति उदाहरणहरु पाइन्छन् । सन्तान नहुनेलाई सन्तान, विद्या बुद्धि द्रब्य प्राप्ति, पारिवारिक सुख शान्ति सम्बृद्धि लगायत मनोकामना पूरा हुने हुदा ठूलो आस्था र विश्वासका साथ दर्शनार्थीहरु यहाँ आई पूजा अर्चना गर्दछन् । महाशिवरात्रि, बोलवम, अक्षयतृतिया, माघेसंक्रान्ति, नयाँ वर्ष, श्रावण महिना, वर्षका प्रत्येक सोमवार , जनैपूर्णिमा र हरितालिका (तीज)मा भक्तजनहरुको ठूलो घुईचो लाग्ने गर्दछ । यस धाममा विवाह, व्रतवन्ध, लक्ष्यवर्तिका एवं अन्य यज्ञ सप्ताहहरु भइरन्छन् । करीव ३०० वर्ष अगाडि शिवलिङ्ग भेटिएपछि खुल्ला आकाशमा रहेको शिबलिङ्ग वि.सं. १९९७ साल देखि जोगी सन्त महन्त आउने, केही दिन बसी पूजा अर्चना गर्ने गरेको पाइन्छ । वि.सं. २०३७ साल देखि दैनिक पूजा आजा गर्दै २०४८ सालमा मूल मन्दिर निर्माण र शिब पाञ्चायनको मन्दिर निर्माण हुदै गयो । २०६४ साल फाल्गुण १४ मा संस्था दर्ता ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय दाङ्गमा यो पाण्डवेश्वर धाम पाण्डवेश्वर महादेव मन्दिर ब्यवस्थापन समितिको नाममा दर्ता भई विधिवतरुपमा सो समितिले काम गर्दै आएको छ । २०७२ साल पौष ३० गते पाण्डवेश्वर महादेव मन्दिरका नाममा सरकार बाट ३२.४९५ हेक्टर धार्मिक वन दर्ता गरी आज गुरु योजना अनुसार काम गर्दै आइरहेको छ । धार्मिक तथा पर्या–पर्यकीय स्थल निर्माणको लागि मन्दिर ब्यवस्थापन समितिले विश्वको सबैभन्दा ठुलो त्रिशुल, १००८ जोडी वरपिपल त्रिशुलको आकारमा रोपण, १०८ रुद्राक्ष रोपण, १०८ समीबृक्ष रोपण, १०८ शिवलिङ्ग निर्माण, १०८ गौमुखीधारा निर्माण, सुविधा सम्पन्न धर्मशाला निर्माण, ॐ पोखरी निर्माण, बनभोज स्थल निर्माण लगायतका धेरै कामहरु भैसकेका छन् ।
हाल पाण्डवेश्वर महादेव धामको बृहत्तर विकासका लागि समितिले आफ्ना कामहरु अगाडि बढाइरहेको छ ।

आलौकिक वृक्ष

घोराही बजार देखि दक्षिण करिव १३ किलोमिटरका बाटो काटे पछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम…

Continue Reading

यस्तो छ इतिहास

महाभारतको युद्ध पछि पाँच पाण्डव भारतको केदारेश्वर नेपालको डोलेश्वर (भक्तपुर) हुदै यो पवित्र स्थल पाण्डवेश्वर धाममा आई ज्योर्तिलिङ्ग स्थापना गरेकाले…

Continue Reading
Continue Reading

हाम्रा गतिबिधिहरु

Dharpani is located in the region of Central Region.

महायज्ञमा सुरक्षा व्यवस्था कडा पारीने

दाङ, ७ फागुन । धारापानीमा आयोजनाहुन लागेको महायज्ञ तथा शिवरात्री अवधिभरको सुरक्षा व्यवस्था कडा पारीने भएको छ । सुरक्षा उपसमितिले…

धार्मिक तथा पर्यटकिय क्षेत्र धारपानी

दाङको धारपानीस्थित पाण्डवेश्वर महादेव धामको धार्मिक पर्यटन प्रवद्र्धनको लागि फाल्गुन ११ देखि फाल्गुन १८ सम्म महायज्ञको आयोजना गरिएको छ ।…

प्रतिकृयाहरू

  • घोराही बजार देखि दक्षिण करिव १३ किलोमिटरका बाटो काटे पछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मुल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मुर्ति छैन । मुल मन्दिर भित्र ठुलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखा लगायत केही आकृति छन । त्यहाँका पुजारी त्यही आकृतिलाई देवताको रुपमा पुज्ने गर्दछन । र त्यही ढुङ्गा नजिकैबाट एउटा ठुलो साजको रुख छ । 
    स्थानिय भाषामा साज भनिने त्यो रुख घर बनाउने सामाग्रीको लागि निकै बलियो काठको रुपमा प्रयोग हुन्छ । सालको रुख जस्तै अग्लो साजलाई गाईभैसीले रुचाउने घाँस पनि हो । त्यसको फुल र फल दुवै लाग्दैन । 
    हेर्दा काठको लागि तयार भैसकेको त्यो रुखलाई मन्दिर व्यवस्थापन समितीले ‘आलौकिक वृक्ष’को नाम दिएको छ । 
    त्यो रुखको विषयमा एउटा पनि लिखित दस्तावेज छैन । कुनै अभिलेख भेटिदैन । तर मुल मन्दिर भित्रै पर्ने गरि पक्की गाह्रो लगाएर त्यसलाई संरक्षण गर्ने प्रयास गरिएको छ । भक्तजनहरु रुख छेउमा धुप बाल्ने, जल, पैसा चढाउने, पुजा गर्ने, रुखमा धागो बाँध्ने काम गर्छन । मन्दिरमा पुग्ने जो कोहीले त्यो रुख (आलौकिक वृक्ष)लाई पुजा नगरी फर्कदैनन । 
    स्थानियवासी बोधिराज अधिकारीका अनुसार करिव २०० बर्ष पहिलेको घटना हो । मन्दिर नजिकै भएर बग्ने बबई खोला देखि वारी पर्ने गुरुवा गाउँका थारुहरु काठ काट्न भन्दैै त्यही साजको रुख ढलाउन गए । चारपाँच जनाको समुहमा पुगेका थारुहरुले घरेलु हतियारको प्रयोग गरि दिनभरी रुख काटे । र ढलाए । साँझ प¥यो ।
    टुक्रा पार्नको लागि अर्को दिन आउने सल्लाह भयो । उनीहरु घर फर्के । अर्को दिन त्यहाँ पुग्दा रुख जस्ताको जस्तै उभिएको देखे । तर रुख वरिपरि पहिलो दिन काटिएका काठका टुक्रा प्रसस्तै थिए ।
    थारुहरुले सोचे यहाँ भुतुवा(देवता) रैछ । उनीहरुले त्यसलाई त्यसै छोडे । त्यो हल्ला सबै तिर फैलियो । रुख मुनिबाट पानी निस्कन थाल्यो । मान्छेहरु त्यसलाई पुजा गर्न थाले । पछि रुख नजिक ठुलो ढुङ्गामा विभिन्न आकृति पनि भेटिए । 
    पाण्डेवश्वर मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गणेशकुमार अधिकारी रुख काट्ने थारुका पनाती र खनातीहरु अझै गुरुवा गाउँमा जिउदै रहेको बताउछन । आफ्नो बाजे वराजुले यस्तो भन्ने गरेको भन्दै उनीहरुले अलौकिक वृक्षको बारेमा बताउने गरेको उनले सुनाए । 
    त्यो वृक्ष र त्यस क्षेत्रको बारेमा महाभारतका कथासँग केही मिल्न जाने गरेको उनले बताए । आज भन्दा करिव चार हजार बर्ष पहिले पाण्डवहरु आएर त्यही रुख मुनि बसेको, ढुङगामा शिवलिङ्ग स्थापना गरेर पुजाआजा गरि अन्तिम अवस्थामा स्वर्गद्धारी हुदै स्वर्ग पुगेको कथा पनि महाभारतमा कहिकतै मेल खान गएको उनले जानकारी गराए । 
    ‘रुखको इतिहास लामो भए पनि २०४९ सालमा मात्रै मन्दिर र रुखको व्यवस्थित रुपमा संरक्षण हुन थालेको हो ।’ उनले भने ‘करिव २६ बर्ष देखि मन्दिर संरक्षणमा लागे तर पनि त्यो वृक्षको आकारमा कुनै परिवर्तन आएको छैन ।’ 
    त्यती मात्रै होइन । विश्व कै अग्लो त्रिशुल स्थापना गरिएको स्थान छेउमा पनि यस्तै अचम्मको असोजको रुख संरक्षण गरिएको छ । मन्दिर व्यवस्थापन समितीका अनुसार त्रिशुल वरिपरिको ठाँउलाई फराकिलो बनाउन लाग्दा त्यही छेउमा भएको सानो आकारको (हसियाँले पनि ढलाउने सकिने) आकारको असोजको रुख थियो । 
    घटना २०७० कात्तिक २९ गतेको हो । ढोजरको साहेताले त्यसलाई उखेलेर फाल्न खोज्दा रवर जस्तो तन्किेने मात्र ग¥यो । धेरै प्रयास गर्दै गर्दा डोजेरको तीन वढा फलामे दाँत भाचियो । तर रुख ढलेन जसको कारण त्यस रुखलाई पनि मन्दिर व्यवस्थापन समितीले संरक्षण गरेर राखेको छ । 
    अनौठो त के छ भने अरु असोजको रुखको हाँगा र पाँत आकास तिर फर्किएका हुन्छन भने त्यो रुखको हाँगा र पात जमिन तिर फर्किएको छ । त्यसकारण पनि त्यहाँ पुजा गर्न र घुम्न आउनेहरु त्यो रुखलाई निकै आकर्षक वस्तु जस्तो मानेर हेर्ने, नजिकै उभिएर फोटो खिच्ने, रुखको बारेमा सोधिखोजि गर्ने गरेको पाइन्छ । त्यो रुख पाँच बर्ष पुरानो मात्रै छ ।

    आलौकिक वृक्ष
  • महाभारतको युद्ध पछि पाँच पाण्डव भारतको केदारेश्वर नेपालको डोलेश्वर (भक्तपुर) हुदै यो पवित्र स्थल पाण्डवेश्वर धाममा आई ज्योर्तिलिङ्ग स्थापना गरेकाले यस पूण्यभूमिको नाम पाण्डवेश्वर हुन गएको किम्वदन्ति छ । महाभारतमा एउटा द्वैत वनको सन्दर्भ पाण्डवहरुसंग जोडिएको छ जसको ब्याख्या गर्दा उत्तरतिर विशाल तलाउ चुरेको फेदीमा शिवलिङ्ग स्थापना गरेको भन्ने उल्लेख छ । विशाल तलाउ हालको दाङ्ग उपत्यका हो र स्थापना गीिएको शिवलिङ्ग अहिलेको मूल मन्दिर भित्रको शिवलिङ्ग हो भन्न सकिन्छ । तलाउको पानी निकास भएर बनेको दाङ्ग उपत्यका क्रमशः वस्ती वन योग्य हुदै गयो र दाङ्गमा चौधरी जाति पहिले बस्न थाल्यो र क्रमशः अन्य जातिको पनि बसाइ हुदै गयो । हालको गुरुवागाउँका थारु जातिका मानिसहरु दाउरा काट्न गए । दिनभर हाल मन्दिर भित्र रहेको साजको रुख उनीहरुले काट्दा पूरा काट्न नसके पछि भोलि काट्न आउँला भनी घर फर्किय अर्को दिन आउँदा सो रुख जस्ताको त्यस्तै देखिए पछि अचम्भित भए । वरपरका अरुलाई समेत बोलाई खोजीनीति गर्दा विशाल ढुङ्गामा शिवलिङ्ग, विष्णुपादुका, वाघका आँखा र कुण्ड देखिए पछि शिब स्थान सम्झी स्थानीबाट पुजा शुरु भयो ।
    यो धामको उत्पतिलाई कुनै कालखण्डमा सीमित गर्न सकिदैन । यो अनादि अनन्त र वैदिक सनातन धर्मको धरोहर एवं राष्ट्रको अमूल्य निधि हो । 
    यो तपोभूमिमा एउटै शिलामा रहेका शिवलिङ्ग, विष्णु पादुका, जलकुण्ड, बाघका आँखा तथा गौ पदचाप करिब ५००० वर्ष पुरानो हुनु पर्छ भन्ने जनविश्वास रहिआएको छ ।

    यस्तो छ इतिहास
  • Dharpani is located in the region of Central Region. Central Region’s capital Kathmandu (Kathmandu) is approximately 22 km / 13 mi away from Dharpani (as the crow flies). The distance from Dharpani to Nepal’s capital Kathmandu (Kathmandu) is approximately 22 km / 13 mi (as the crow flies).

    विश्वको अग्लो त्रिशुल